logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अन्तिम पटक भेट्न बोलाएका प्रेमिकाले प्रेमीको लिङ्ग छेदन गरेपछि…


अंकुरण खबर
1.183K
Shares

काठमाडौं – काठमाडौंको कपनमा एक प्रेमीकाले आफ्नै कोठामा बोलाएर प्रेमीको लिङ्ग छेदन गरिदिएकी छन् ।

काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौडा घर भई हाल बौद्ध बस्दै आएका २१ वर्षका राजिव सुनुवारको लिङ्ग छेदन गरेका हुन् । सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

प्रहरीको प्रारम्भीक अनुसन्धानबाट लामो समयसम्म प्रेम सम्बन्ध रहेका उनी फरक–फरक धर्म मान्थे । प्रेमीले परिवारले स्वीकार नगर्ने भन्दै छुटिन आग्रह गरेका थिए । त्यसपछि आवेगमा आएर प्रेमिकाले लिङ्ग छेदन गरेकी हुन् ।

सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले लिङ्ग छेदन गरको प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ ।

उनीहरु दुवैजना हायात होटलमा काम गर्दैआएका थिए ।