logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेनाको गाडी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
780
Shares

रामेछाप नगरपालिका–८ भंगेरीमा आज बिहान नेपाली सेनाको गाडी र मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकल चालक १४ वर्षीय बालकको मृत्यु भएको छ भने पछाडि सवार एक बालक घाइते भएका छन् ।

मृत्यु हुनेमा रामेछाप नगरपालिका–८ सल्लेका जगत बहादुर तामाङ्गको छोरा सुशिल तामाङ्ग रहेको प्रहरीले जनाएको छ ।

प्रहरकिा अनुसार आज बिहान नयाँगोरख गणको रामेछापबाट मन्थली आउँदै गरेको बा १ ग १०७० नम्बरको गाडी र रामेछाप तर्फ जाँदै गरेको बा ३८ प ३९४८ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोहि ठाँउका १३ वर्षीय बालक रामकृष्ण तामाङ्गको जिल्ला अस्पताल मन्थलीमा उपचार भइरहेको छ ।

सेनाका गाडीका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।