ओखलढुंगा, सिद्धिचरण नगरपालिका-६ टोड्केमा सुमो जीप दुर्घटना हुँदा चालक सहित १० जना घाइते भएका छन् ।
आज बिहान सोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको ना १ ज ६४१२ नम्बरको सुमो जीप दुर्घटनामा परेको हो । घाइतेहरुको ओखलढुङ्गाकै मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब १५० मिटर तल पल्टिएको थियो । थप अनुसन्धान भइरहेको छ ।