असन्तुष्ट उद्योगी व्यवसायीले उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
जिल्लाभरका उद्योगी व्यवसायीले सदस्यता नविकरण गर्न छुट पाउनुपर्ने र नयाँ दर्ताको पनि समय दिनुपर्ने माग राखेर अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
तालाबन्दीपछि उद्योग वाणिज्य संघ धनकुटाको ४५ औँ साधारणसभा अन्यौलमा परेको छ । सोमबार साधारण सभा उदघाटन भएपछि सदस्यताको विषयमा विवाद भएको हो । उदघाटन समारोहमा सहभागीले पनि नयाँ दर्ता र छुटेका व्यवसायीको नविकरण रोकिएको भन्दै असन्तुष्टि जनाएका थिए ।
संघको नयाँ नेतृत्वको लागि आगामी २८ गते निर्वाचन हुने कार्यक्रम छ । प्रजातान्त्रिक समूहले नेपाली कांग्रेस धनकुटा सचिव विजयसञ्तोषी राई र प्रगतिशिल समूहले उद्योग वाणिज्य संघकी उपाध्यक्ष रहेकी मनकुमारी तितुङ्गलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको छ ।
संघमा साना, मझौला र ठूला गरी एक हजार ४८ र वस्तुगतका १० गरि एक हजार ५८ मतदाता रहेका छन् ।