logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाइयो


अंकुरण खबर
884
Shares

काठमाडौं – कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको दुवै खुट्टा चुँडिएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा हटाएको हो । आइतबार कोहलपुर-६ मा ट्रकको ठक्करबाट बालिका घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा मंगलबार पूर्ण रुपमा हटाइएको हो ।

यसैबीच, नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानिएका छन् । जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ ।