logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

लागुऔषध सहित २ जना पक्राउ


अंकुरण खबर
728
Shares

लागुऔषध सहित २ जनालाई मंगलबार प्रहरीले नवलपारासीको रजहरबाट पक्राउ गरेको छ ।

देवचुली नगरपालिकाबाट अवैध लागूऔषध नोफिन, डाइजोपम्प ४७, फेनेर्गन ४७, सिरिन्ज ४४ सहित २ जनालाई इलाका प्रहरी रजहरले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गैँडाकोट नगरपालिका १६ बस्ने २६ वर्षीय कृष्ण क्षेष्ठ, र १९ वर्षीय निशान परियार रहेका छन् । इलाका प्रहरी रजहरबाट प्र।ना।नी खेम तामाङको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।