logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जाडोमा सुन्तला खाँदा यी रोगका विरामीलाई पुग्छ फाइदा


अंकुरण खबर
1.066K
Shares

फलफूल स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । त्यसैले हामीले सकेसम्म मौसम अनुसार फलफूल खानु उपयुक्त हुन्छ । अहिले जाडोको मौसम, जाडोमा अत्याधिक पाइने सुन्तला भने खानु हुँदैन भन्ने मान्यता छ । तर यो स्वादका लागि मात्र नभई स्वास्थ्यका लागि पनि निकै लाभदायक छ ।

सुन्तलामा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइने हुनाले यो बढी तौल भएका व्यक्तिका लागि पनि निकै फाइदाजनक छ ।  त्यस्तै दिनहँ सुन्तलाको सेवनले विभिन्न रोगहरु न्यून गर्न मद्धत मिल्छ । यसले मिर्गौलाको पत्थरी, दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्याउँछ ।

त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ । यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ ।

क्यान्सरको जोखिम घटाउँछ : सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ। मिर्गौला स्वस्थ राख्छ स् सुन्तला खाइरहने गर्नले मिर्गौलासम्बन्धी रोग लाग्ने सम्भावना कम हुन जान्छ र पत्थरीको समस्या पनि हुँदैन।

कलेजो जोगाउँछ : सुन्तलामा क्यारोटेनोइड्स नामक तत्व पाइन्छ, जसले कलेजोको क्यान्सर हुनबाट जोगाउँछ। कोलेस्टरोल घटाउँछ स् सुन्तलामा फाइबर प्रशस्त मात्रामा पाइन्छ । यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउँछ।

मुटु बलियो बनाउँछ: सुन्तलामा पोटासिमय र इलेक्ट्रोलाइट मिनरल हुन्छन् । यिनले मुटुको गतिविधिलाई सुचारु राखी यसलाई स्वस्थ राख्न मद्दत पु¥याउँछन् । पोटासियमको कमीले मुटुसम्बन्धी रोग लाग्ने गर्छ । जुन सुन्तला खानाले रोकिन्छ। भाइरल इन्फेक्सन हटाउँछ स् सुन्तलामा पोलिफेनोल्सजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउँछन्।

कब्जियत खुलाउँछ : कब्जियतको समस्या छ भने सुन्तला खाने गर्नुस्, दिसा खलास हुन्छ । यसमा फाइबरको मात्रा उच्च हुन्छ, जसले पाचन प्रक्रियालाई बलियो बनाउँछ।

आँखा तेजिलो बनाउँछ : सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइडजस्ता तत्वले आँखालाई तेजिलो बनाउँछन् र रतन्धोजस्तो समस्या देखापर्न दिँदैनन्। रक्तचाप नियन्त्रण गर्छ स् सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ।

छालाको सुरक्षा गर्छ : सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ । यो उत्तम एन्टी अक्सिडेन्ट हो । यसले छालालाई चम्किलो बनाउँछ। एजेन्सी