logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा पुस ४ गते संसद बैठक आह्वान


अंकुरण खबर
1.248K
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसद बैठक आह्वान गरेकी छन् ।

मंगलबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम पुस ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी हुन् ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।

संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिए । हाल प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्ने सक्ने प्रावधान छ ।

अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चचयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।