समाचार

उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं – आज बेलुकीदेखि देशभरको मौसम बदली हुने भएको छ । उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पूर्वी इरान र अफगानस्तानमा बनेको पश्चिमी वायुको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको र भोली बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले आज बेलुकीदेखि नै यसको असर नेपालमा पर्ने देखिएको मौसमविद्ले जनाएका छन् ।

यो प्रणालीका कारण भारी हिमपात हुने र देशभरकै मौसम बद्ली भई पानी पर्ने सम्भावना रहेकाले देशभरी नै चिसो बढ्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउन पनि मौसमविद्को सुझाव छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना निकालेर भोली देखि यो प्रणाली सुरु भएर आउँदो शनिबारसम्म रहने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

Comment here