काठमाडौं – प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । महाशाखाले पक्राउ परेकाहरुबारे आधिकारिक जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।
ह्याकरको समुहबाट बैंकको लाखौं रुपैयाँ जोगाएको प्रहरीको दाबी छ । केही समयअघि विभिन्न बैंकको प्रणाली ह्याक गरी लाखौं रुपैयाँ चोरी भएको थियो ।