logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ


अंकुरण खबर
1.716K
Shares

सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष लक्ष्मी साहले एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरेको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।