काठमाडौं – काठमाडौं कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट २ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
बुधबार बिहान महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएको समयमा हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया भुलीदेवी बोहोरा र ३८ वर्षीया बसन्ती भट्टको मृत्यु भएको हो ।
उपचारको लागि अस्तपाल ल्याउने क्रममा बाटोमा नै दुवै जनाको मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट स्थानीय ३५ वर्षीया ललिता बोहरा, ३४ वर्षीया सुनिता विष्ट, ३२ वर्षीया उमा साउद र २४ वर्षीया सरिता ओझा घाइते भएका छन् ।
उनीहरु बिहानै घाँस काट्न जंगल जाँदा हात्तीको आक्रमणमा परेका थिए ।