काठमाडौं नारायणघाट–मुग्लिन सडक खण्ड शुक्रबारदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ ।
नारायणघाट–मुग्लिन सडक खण्डको ८ स्थानमा पहिरो रोकथामको बाँकी कामका लागि सवारी आगमन रोक्न लगाइएको सडक आयोजनाले जनाएको छ ।
नारायणघाट–मुग्लिन सडक आयोजनाका अनुसार मंसिर २७ गतेदेखि २ हप्ताको लागि प्रत्येक दिन विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म दैनिक ४ घण्टा सवारी आगमनलाई रोकेर पहिरो रोकथामको काम गर्ने भएको छ ।
उक्त समयमा नारायणघाटबाट आउने यात्रुवाहक सवारीलाई १५ किलो बजार र मालबाहक सवारीलाई दासढुंगामा रोकेर सहयोग गर्न समेत आयोजनाले आग्रह गरेको छ ।
त्यस्तै मुग्लिनतर्फ जाने यात्रुबाहक सवारी काठमाडौंतर्फ आउनेको हकमा मुग्लिन बजार र पोखरातर्फ जाने सवारीलाई बेनीटारमा रोकिने व्यवस्था गरेको छ । साथै काठमाडौं आउने मालबाहक सवारीका लागि लेवाटारमा र पोखराबाट आउने सवारीलाई आँबुखैरेनीमा रोकिने आयोजनाले सूचना सार्वजनिक गर्दै जानकारी गराएको छ ।