logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सडक कार्यालयका प्रमुख २० लाख घूस सहित पक्राउ


अंकुरण खबर
741
Shares

डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन २० लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।

सेवाग्राहीबाट निर्माण भइरहेको सडकको रनिङ बिलको विवरण घटाई बिलको भुक्तानी कार्यमा २० लाख रुपैयाँ घूस लिँदालिँदै रंगेहात पक्राउ परेका हुन् ।

उनीहरूलाई अख्तियारको टोलीले काठमाडौंको बानेश्वरस्थित अलिना बेकरी क्याफेबाट पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरूमाथि अनुसन्धान जारी छ ।