logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किराँतले उधौली र नेवार समुदायले योमरी पुन्हि पर्व मनाउँदै


अंकुरण खबर
2.509K
Shares

काठमाडौं – आज मार्गशीर्ष शुक्ल पूर्णिमा । विभिन्न समुदायका व्यक्तिहरुले आजको दिनलाई फरक–फरक नाममा चाडको रुपमा मनाउँदैछन् । आजको दिनलाई किराँत समुदायले उधौली पर्वको रुपमा मनाउँदै छन् ।

किरात समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने गर्दछन् । भूमिपूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने गर्दछन् ।

यसैगरी खस–आर्य समुदायमा मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मी लगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसको पीठाबाट सेल, मालपुवा बनाएर चढाउने परम्परा छ ।

उता नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।