संखुवासभाको मादी नगरपालिका–५ को वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति १२ बजे अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेका हुन् । वडा कार्यालयमा आगो लगाउँदा कार्यालयका सम्पूर्ण सामग्री जलेर ध्वस्त भएको मादी नगरपालिकाका मेयर विदुर सुब्बाले जानकारी दिए ।
आगजनीबाट वडा कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रीन्टर, मोबाइल फोन लगायतका सम्पूर्ण सामग्री जलेका छन् ।
वडा कार्यालयको आगजनी नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेकपाले गरेको हुन सक्ने आशंका भएपनि अहिलेसम्म कसैले घटनाको जिम्मा लिएको छैन् ।