logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.911K
Shares

नवलपरासी बर्दघाट सुस्ता पुर्वको देवचुली नगरपालिका-२ दुम्कौलीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्गमा बुधबार साँझ ग १ ख ४७९८ नम्बरको बसले अन्दाजी ४५ वर्षीय पुरुषलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।