कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको हो ।
बिहेमा जन्ती गएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका भएको जिल्ला प्रहरी कार्यालयकाले जनाएको छ ।
घटनास्थलमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।