logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिउँमा चिप्लेर भीरबाट खस्यो ट्रक, दुई जनाको मृत्यु


अंकुरण खबर
1.287K
Shares

हुम्लाको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा आज टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हुम्लाको उत्तरी हिल्सा नाकाबाट याल्वाङ्गतर्फ आउँदै गरेको बा ५ खा ५३४४ टिपर दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सञ्चारले राम्रो काम नगरेकोले घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले भीरबाट चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।