logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सात किलो चरेससहित चारजना पक्राउ


अंकुरण खबर
767
Shares

कैलालीको अत्तरियाबाट सात किलो चरेससहित चारजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ मा कोठामा लुकाएर राखेको अवस्थामा ७ किलो चरेससहित चारजनालाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआइटीको संयुक्त टोलीले विशेष सूचनाका आधारमा दार्चुलाको मार्मा गाउँपालिका–१ घर भई गोदावरी–२ मा डेरा गरी बस्दै आएका जसमल सिंह ठगुन्नाको कोठाबाट चरेससहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कोठावाला ठगुन्नासहित मार्मा गाउँपालिका-१ कै वकिलसिंह ठगुन्ना, जीवन पहि ठगुन्ना र अपी हिमाल गाउँपालिकाका हिक्मतसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ।