काठमाडौं – राष्ट्रियसभाको निर्वाचन (चुनाव) आगामी माघ ९ गते हुने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सो जानकारी दिएका हुन्।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ जना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।
उक्त रिक्त सदस्यका लागि चुनाव हुने भएको हो।