logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्छ : कुलमान घिसिङ


अंकुरण खबर
3.458K
Shares

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपालमा उत्पादित विद्युतको खपत बढाउन सबै क्षेत्रलाई विद्युतीकरण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक घिसिङले उद्योग, यातायात, खाना पकाउने तथा सबै क्षेत्रलाई विद्युतीकरण गर्न सके आन्तरिक बजारको बृद्धि हुने बताए ।

क्षेत्रिय रुपमा भारत र बंगलादेशको बजारलाई समेत समेट्न सकिने भन्दै उनले भारतसँग त्यसका लागि विभिन्न सम्झौता भई छलफल जारी रहेको जानकारी दिए ।

उनले नेपालमा जलविद्युत तथा सोलारको माध्यमबाट विद्युत उत्पादन बढाउन लागिएको समेत जानकारी दिए । माथिल्लो तामाकोशी सम्पन्न गरि छिट्टै विद्युत आपूर्ति बढाउने योजनामा प्राधिकरण रहेको समेत उनले बताए ।