logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज देशभर बदली, केही स्थानमा वर्षा र भारी हिमपात


अंकुरण खबर
897
Shares

काठमाडौं – देशभर जाडो बढेको छ, पश्चिमि निम्न चापिय प्रणालीको प्रभावले शुक्रबार देशभरको मौसम पूर्ण बदली भएको छ ।

पश्चिम तराईँका क्षेत्रमा मेघगर्जनसहित वर्षा भइरहेको छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपात भइरहेको छ । देशका उच्च पहाडी भूभागमा आज दिनभर भारी हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात र मध्य तथा पूर्वका  उच्च पहाडीसहित हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना देखिएको छ । पश्चिमि निम्न चापिय प्रणालीको प्रभाव आज रातिसम्म कायमै रहने मौसमविदको भनाई छ ।

काठमाडौं उपत्यकामा आज अधिकतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ । राति बदली भएका कारण शुक्रबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन रहेको थियो ।