काठमाडौं – मदन भण्डारी मेमोरियल कलेजका विद्यार्थी चढेको बस दुर्घटना हुदाँ २२ जना घाइते भएका छन्।
शुक्रबार कलेजबाट भक्तपुरको घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको बा ५ख ४२८६ नम्बरको बस सडकमै पल्टेको हो । दुर्घटनामा २२ जना घाइतेमध्ये २ जना सख्त छन् भने २० जनाको अवस्था सामान्य छ।
२० जनाको इवामोरा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जनाएका छन् ।
कलेजका विद्यार्थीसहित शिक्षकहरु पिकनिकका लागि जादैँ थिए ।