काठमाडौं – मौसममा आएको परिवर्तनसँगै देशका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ भने अधिकांश भागमा हल्का वर्षा भएको छ ।
शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ । यस्तै काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ ।