logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

चरेसहित दुई जना पक्राउ


अंकुरण खबर
1.729K
Shares

प्रहरीले १० किलो चरेससहित मकवानपुरबाट आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारा पचरौटा नगरपालिका–७ का अरबिन्दकुमार पटेल र आदर्श कोतवाल गाउँपालिका–१ का सुत्लान मिया अन्सारी छन् । प्रहरी चौकी भैंसेबाट खटिएको टोलीले उनीहरूलाई भीमफेदी गाउँपालिका–२ बाट पक्राउ गरेको हो ।

बा ४० प ७२४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूबाट १० किलो २५० ग्राम चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।