प्रहरी जवानको भर्ना परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रहरी जवान छनोटका लागि शनिवार भएको परीक्षा दिन छिरेका उनीहरू पक्राउ परेका हुन् । अर्काको नामबाट परीक्षा दिइरहेका २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १८ जना, इगरब्रिज माध्यमिक विद्यालय केन्द्रबाट २ जना र सुर्खेत शिक्षा क्याम्पस बाट २ जना नक्कली परीक्षार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, पक्राउ परेका नक्कली परीक्षार्थीविरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।