logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेना चढेको बस दुर्घटना, ३० जना घाइते


अंकुरण खबर
1.131K
Shares

पूर्वपश्चिम राजमार्गअन्तर्गत कावासोती नगरपालिका-३ स्थित राजमार्गमा सुर्खेत पृतनादेखि काठमाडौं छाउनीका लागि छुटेको नेपाली सेना सवार बस दुर्घटना हुँदा ३० सेना घाइते भएका छन् ।

आज बिहान ना ६ ख ४०४ नंको बस आफैं अनियन्त्रित भई राजमार्गदेखि १० मिटर तल खसेको हो । दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी निरीक्षक अर्जुन अधिकारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका १८ जनाको कावासोतीस्थित नवलपुर अस्पताल र १२ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ४० नेपाली सेना थिए । दश जनालाई भने केही नभएको प्रहरीले जनाएको छ ।