logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसको विवाद मिलाउन प्रकाशमान निवासमा वार्ता


अंकुरण खबर
715
Shares

काठमाडौं – नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन अहिले नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक बसिरहेको छ।

दिउँसो ४:३० बजेबाट सुरु भएको बैठकमा सभापति शेर बहादुर देउवा पक्षबाट विमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्रकाशमान सिंहले छलफलको नेतृत्व गरेका छन्।

छलफलमा दुवै पक्षका केही नेता सहभागि रहेको कांग्रेसले जनाएको छ। पार्टीमा छलफलबिनै विभाग गठन प्रस्ताव गरेको भन्दै पौडेल पक्षले यसअघि बिहीबार बसेको केन्द्रीय पदाधिकारीको बैठक बहिस्कार गरेको थियो।

पौडेल पक्षले आगामी महाधिवेशनको कार्यतालिका बैठकमा पेश गर्न सभापतिलाई आग्रह गरेको छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारलाई बोलाइएको छ। पौडेल पक्ष महाधिवेशनको तालिका नल्याए आइतबारको बैठक पनि बहिस्कार गर्ने बताउँदै आएको छ।