खोटाङको रावावेशी गाँउपालिका–४ रमितेभीरस्थित भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार अपराह्न करिब साढे ३ बजे डुम्रेधारापानीबाट रावाखोलातर्फ जाँदै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भीरमा खस्दा ४० वर्षीय रमेश अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
मृतक अधिकारी रावावेशी गाउँपालिका–४ गुहे निवासी भएको प्रहरीले जनाएको छ।
जीपका चालक सल्यान शारदा नगरपालिकाका २६ वर्षीय रामबहादुर कुवँर घाइते भएका छन् । उनलाई उपचारका लागि खोटाङस्थित जिल्ला अस्पतालमा लगिएको बताइएको छ।