काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले धनुषा बम विस्फोटको घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री थापाले सरकारका तर्फबाट ‘आततायी घटना’मा संलग्न अपराधीलाई कानूनी कारबाहीको दायरामा ल्याई छाड्ने बताएका हुन् ।
उनले बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेका छन् । विस्फोटमा एक प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको थियो । तीनजना गम्भीर र दुई सामान्य घाइते भएका थिए ।