logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
1.703K
Shares

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दै छ । बैठक दिउँसो १ बजे बोलाइएको छ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सहभागी हुने/नहुने अनिश्चित छ। केन्द्रीय समिति बैठक बस्नुअघि संस्थापन पक्ष र पौडेल पक्षबीच छलफल हुने बताइएको छ।

छलफलमा सहमति भए बैठकमा पौडेल पक्ष पनि सहभागी हुनेछन्। आन्तरिक विवाद मिलाउन सभापति देउवा तथा वरिष्ठ नेता पौडेल पक्षका नेताबीच शनिबार साँझ पनि छलफल भएको थियो। त्यसअघि बिहान सभापति देउवा उपसभापति विमलेन्द्र निधिसहित पौडेल निवास बोहराटार पुगेका थिए।

प्रकाशमान सिंहनिवास चाक्सीबारीमा साँझ भएको भेटमा पौडल पक्षले राखेका प्रस्तावमा छलफल गर्ने गरी बैठक टुंगिएको छ।