काठमाडौं – सिन्धुपाल्चोकको ६ किलो मोडमा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
दोलखाको कालिञ्चोक दर्शनबाट भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सुनकोशी गाउँपालिका –७ स्थित ६ किलो मोडमा आइतबार बिहान सवा ८ बजे दुर्घटना भएको हो ।
बस झण्डै पाँच सय मिटर तल खसेको छ । घटनास्थलमा अहिलेसम्म १२ जनाको शव भेटिएको सिन्धुपाल्चेकका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले बताए।
दुर्घटनामा १८ जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर धुलिखेल अस्पताल लगिएको छ ।
घटनाको थप विवरण आउन बाँकी छ।