logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उकालो लाग्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
1.118K
Shares

काठमाडौं – आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आइतबार बजारमा सुन ५ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ७१ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुन तोलामा ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।