चापागाउँ दोबाटोमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रे घर भई हाल सातदोबाटोमा बस्दै आएका ३३ वर्षीय राजेश बादीकार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार बेलुकी ८ बजे बा ७६ प १२७६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राजेशको उपचारको क्रममा गणेशमान मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
ठक्कर दिने मोटरसाइकल सहित चालकलाई महानगरीय प्रहरी वृत सातदोबाटोले नियन्त्रणमा लिएको छ ।