काठमाडौं – सत्तारूढ नेकपा स्थायी समिति बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय धुम्वाराहीमा सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री केपी ओली भने सहभागी छैनन् । पार्टी विधानअनुसार स्थायी समिति बैठक तीन तीन महिनामा बस्नुपर्ने भएपनि यो बैठक एक वर्षपछि बस्न लागेको हो । यसअघि विभिन्न कारण देखाउँदै बैठक बस्न सकेको थिएन ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । त्यस्तै नेपाल भारत सीमा, बिधान संशोधन लगाएतका बिषयमा पनि बैठकमा छलफल हुने छ ।