logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाएका १४ मध्ये ५ को सनाखत


अंकुरण खबर
1.118K
Shares

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनामध्ये ५ जनाको परिचय खुलेको छ ।

दोलखाको कालिञ्चोकबाट भक्तपुरको लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामो साँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा ८ महिला, ३ पुरुष, २ बालक र एक बालिकाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक जुुगल गाउँपालिका ६ का सुकबहादुर तामाङ, जुुगल ६ का ७ वर्षीया सविना तामाङ, दोलखा भिमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, भिमेश्वर नगरपालिका ९ का २८ वर्षीया मञ्जु तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ५ का महेश तामाङको परिचय खुलेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

दुुर्घटनामा अन्य १८ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको हेम्स अस्पतालमा उपचार भइरहेको छ भने २ जनाको धुलिखेल अस्पताल, २ जनाको केएमसी अस्पताल र एक जनाको सिन्धु सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस आज विहान करिव आठ बजेतिर दुर्घटना भएको हो। बसमा करिव चालिस यात्रु रहेको बताइएको छ । भक्तपुरबाट शनिवार कालिञ्चोक भगवति दर्शनका लागि तिर्थयात्री बोकेर गएको बस फर्कदा दुर्घटना भएको बताइएको छ ।