logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा गिरावट


अंकुरण खबर
884
Shares

काठमाडौं – अघिल्लो साता तीव्र गतिमा बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसूचकमा यसको शुरुवातमै घटेको छ । साताको पहिलो दिन आइतबार नेप्से ४.७८ अंकले घटेर ११६७.८६ बिन्दुमा झरेको छ ।

कुल १७२ वटा कम्पनीको २० लाखभन्दा बढी कित्ता शेयर ६८ करोड ६० रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । आज परिसूचकसँगै कारोबार रकम र शेयर संख्या अघिल्लो दिनको तुलनामा घटेको छ । आज कारोबारमा आएका समूहमध्ये बैंक, व्यापार र अन्य समूहबाहेक सबै समूह घटेका छन् ।

आज एनएमबि बैंकको शेयर कारोबार सबैभन्दा धेरै अर्थात ६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । स्पर्श लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।