प्रतिबन्धित लागूऔषध गाँजासहित ५ जना वीरगञ्जबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका-१८ बस्ने २० वर्षीय फुलमह्मद मियाँ, २० वर्षीय नौसाद हुसेन, पर्साको सखुवा प्रसौनी गाउँपालिका– १, मधुवन बस्ने १९ वर्षीय एजाजुल देवान, १९ वर्षीय अली हुसेन देवान र २१ वर्षीय इजाजुल मिया रहेका छन् ।
उनीहरूको साथबाट प्रहरीले सात किलो गाँजा बरामद गरेको छ । उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।