logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा स्थायी समिति बैठक : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश


अंकुरण खबर
1.885K
Shares

काठमाडौं –  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बसेको स्थायी कमिटी बैठकमा ११ पृष्ट लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन अध्यक्ष प्रचण्डले पेश गरेका हुन्।

बैठकमा पार्टी केन्द्रीय सचिवालयको तर्फबाट राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्याको समाधान र विविध प्रस्तुत भई सामान्य छलफलपश्चात स्थायी कमिटीको बैठकको ५ वटा एजेण्डाहरु छलफलका लागि तय थिए।

स्थायी समितिको अर्को बैठक भोलि बिहान ११ बजे धुम्बाराहीमा बस्नेगरी आजलाई सकिएको छ ।