काठमाडौं – चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलमा रहेको गौरीशकंर पेन्टसमा आगलागी भएको छ ।
करेन्ट सर्ट भएर सतुङ्गलमा रहेको गौरीशकंर पेन्टसको कारखानामा आज आगलागी भएको हो । आगलगीबाट कारखानामा रहेको रङ्ग बनाउने मेशिन, केमिकल, कारखानाको मेशिन, कागजपत्र लगायतका सामान जलेर नष्ट भएको गौरीशंकर पेन्टसका सञ्चालक आनन्द रौनियारले जनाएका छन् ।
कारखानामा लागेको आगो काठमाडौं महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ । थप विवरण आउँन बाँकी छ ।