logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम कस्तो रहला ?


अंकुरण खबर
1.17K
Shares

काठमाडौं – केही दिनदेखि मौसम खराब रहेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव अन्त्य भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसमविदले बताएका हुन् । तर काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली तथा हुस्सु लागेको अवस्था छ । हाल देशका पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको मौसमविदले बताएका छन् ।

सोमबार देशका पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट पनि पूर्व लागेको र अहिले कुनै पनि सक्रिय मौसमी प्रणाली नरहेको मौसमविदले बताए ।

त्यस्तै काठमाडौँ उपत्यका तथा तराईका क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली तथा हुस्सु लागेको र दिउँसो मौसम खुल्ने बताए । बिहान ६ डिग्री रहेको काठमाडौं उपत्यकाको तापक्रम दिउँसो बढेर १६ देखि १८ डिग्रीसम्म पुग्नेछ ।