logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई


अंकुरण खबर
2.145K
Shares

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराईको ५४ बर्षको उमेरमा निधन भएको छ ।

विकास बोर्डका अध्यक्ष भट्टराईको आइतबार राति हृदयघात भएपछि उपचारका लागि ओम अस्पतालमा पुर्याएको केही समयमा निधन भएको हो ।

आजै पोस्टॅमाटम गरि दिउँसो २ बजेदेखि अन्तिम श्रद्धान्जलीका लागि चलचित्र बिकास बोर्डमा दीपक क्षेत्री सहित केशव भट्टराई लाई राखिने र आजै आर्यघाटमा अन्त्येष्टि गरिने बताईएको छ ।

भट्टराईले थुप्रै चलचित्र र टेलिचलचित्रमा अभिनय गरेका छन । उनले आफ्नो मान्छे, छोडी गए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट, यात्रा लगायतका फिल्म समेत निर्माण गरेका छन् । उनलाई सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।