काठमाडौं – काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा-छोराको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोरा रहेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरले जनाएको छ ।
आमा-छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।
आमा-छोरा राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका र बिहान बच्चालाई तेल लगाउन भन्दै आज बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।
अक्सिजन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।