काठमाडौं – घोराही उपमहानगरपालिका-३ जलजलामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
गएराति रा ३ प ९२०८ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी चौधरीलाई ठक्कर दिएको हो। ठक्करबाट मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ बरगदुवाकी ३९ वर्षीया जानकी चौधरी रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज पठाउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।