logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरका दुई स्थानमा शंकास्पद बस्तु फेला


अंकुरण खबर
2.925K
Shares

काठमाडौं – जनकपुरधामको दुई स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका-९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु फेला परेको हो । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखेर राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको आशंका छ ।

अहिले त्यस क्षेत्रमा प्रहरीले घेरा हालेर आवत जावतमा रोक लगाएको छ । कुकर जस्तो देखिएकाले बमकै अशंका गरेर आवत जावतमा रोक लगाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका-९ देवी चोक देखि थापा चोक जाने बाटोको छेउमा पनि शंकास्पद वस्तु फेला परेको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोली अहिले त्यहाँ पुगीसकेको छ ।