logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागूऔषधसहित २ जना पक्राउ


अंकुरण खबर
637
Shares

जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाको तिनाउँ गाउँपालिकाको दोभानस्थित झुम्साबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

बुटवलबाट पाल्पा जादै गरेको ग १८ प ८९ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याएको लागूऔषध प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा स्याङजा जिल्ला अर्जुनचौपारी ५ घर भई हाल पोखरा बस्ने २२ वर्षीय विशाल नेपाली र कास्कीको मादी गाउपालिका ९ बस्ने ३१ वर्षीय किरण गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरूको साथबाट ठूलो परिमाणमा डाइजेपाम ६८ थान, नुफिन ६८ थान, फेनेराज ६८ थान र नगद १६ हजार १ सय रुपैयाँ बरामद गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।