logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनुषाधाको एक स्कुलमा शंकास्पद वस्तु फेला


अंकुरण खबर
1.04K
Shares

काठमाडौं – धनुषाको धनुषाधाम नगरपालिका–५, पर्वतामा रहेको पर्वता उच्चमाविको झ्यालमा शंकास्पद वस्तु फेला परेको छ ।

उक्त वस्तु बम भएको हल्लापछि सो विद्यालयका विद्यार्थीहरूमा त्रास मच्चिएको र भागाभाग भएको छ । गाउँलेहरूमा समेत त्रास मच्चिएको छ ।

विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा बेरिएर राखिएको वस्तु देखिएपछि बमको आशंका गरिएको छ । प्रहरीले विद्यालय खाली गराएको छ ।

विद्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विद्यार्थीसहित गाउँलेलाई पनि आवतजावतमा बन्द गरेको छ । सेतो प्लास्टिकमा राखिएको शंकास्पद वस्तु बम हो वा होइन भनेर यकिन गर्न सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको प्रहरीले जनाएको छ ।