logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नेकपाको स्थायी कमिटी बैठक जारी


अंकुरण खबर
650
Shares

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज पनि जारी छ ।

हिजो अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल हुन लागेको हो । बैठकमा अध्यक्ष दाहालले ५ वटा एजेण्डा प्रस्तुत गरेका थिए ।

आजको बैठकमा अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले धारणा राख्ने बताइएको छ । अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रत्येक ३–३ महिनामा स्थायी कमिटी बैठक बस्ने र प्रत्येक ६–६ महिनामा केन्द्रीय समिति बैठक बस्ने प्रस्ताव गरिएको छ ।

यसअघि एक वर्ष अघि अर्थात अघिल्लो वर्ष मंसिर २९ गते स्थायी कमिटी बैठक बसेको थियो ।