logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिलालाई करणी गरेको अभियोगमा दुई पक्राउ


अंकुरण खबर
1.794K
Shares

काठमाडौं – प्रहरीले ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुलाई आइतबार साँझ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ३९ वर्षीय रोम राज पुतुवार र ४९ वर्षीय लाले तामाङ रहेको प्रहरीले जनाएको छ ।

ती महिलालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।